Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सरकारले दियो रामवरण यादव र झलनाथ खनालको उपचार गर्न ७ महिनामा ४५ लाख

सरकारले दियो रामवरण यादव र झलनाथ खनालको उपचार गर्न ७ महिनामा ४५ लाख

  • 538
    SHARES
  • सरकारले दियो रामवरण यादव र झलनाथ खनालको उपचार गर्न ७ महिनामा  ४५ लाख

    काठमाडौं । सरकारले २०७९ साउनदेखि माघ महिनासम्म पूर्वराष्ट्रपति डा। रामवरण यादव र पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारको लागि ४५ लाख रुपैयाँ उपलब्ध गराएको छ।

    विभिन्न व्यक्तिको आर्थिक सहायताको लागि भन्दै साढे ५ करोड रुपैयाँ वितरण गरिएकोमा पूर्वराष्ट्रपति यादवको उपचारमा २५ लाख र पूर्वप्रधानमन्त्री खनालको उपचारमा २० लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको सहायता विवरणमा उल्लेख छ।

    यादवलाई गत कात्तिक ३ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार २५ लाख दिइएको थियो। त्यतिबेला सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए।

    यसअघि पनि सरकारले यादवलाई अमेरिकामा क्यान्सरको उपचार गर्न ६० लाख रुपैयाँ दिएको थियो। पूर्वप्रधानमन्त्री खनाललाई २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार २० लाख रुपैयाँ उपचार खर्च निकासा गरिएको थियो। 

    यसअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका खनाललाई सरकारले उपचार खर्चस्वरूप ३० लाख रुपैयाँ दिएको थियो।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij