Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

अन्तर्राष्ट्रिय व्यापार मेलाबाट चार करोडको कारोबार

अन्तर्राष्ट्रिय व्यापार मेलाबाट चार करोडको कारोबार

  • 292
    SHARES
  • अन्तर्राष्ट्रिय व्यापार मेलाबाट चार करोडको कारोबार

    जनकपुर । जनकपुरधाममा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय व्यापार मेलामा चार करोडको कारोबार भएको छ ।

    गत ५ फागुनदेखि १० दिन चलेको सो मेलमा राखिएको ९२ वटा स्टलहरूबाट चार करोडको व्यापार गरेको उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष जितेन्द्र कुमार महासेठले जानकारी दिए ।

    उक्त मेलामा सोचे जस्तो व्यापार नहुँदा संघलाई ४५ लाख रूपैयाँसम्म घाटा भएको अध्यक्ष महासेठले बताए । आयोजक समितिले सोचेजस्तो व्यापार नहुँदा संस्थालाई आर्थिक भार पर्ने गएको उनको भनाइ छ ।

    स्थानीय उत्पादनलाई प्रचारप्रसारको माध्यमले अन्य ठाउँमा समेत चिनाउने उद्देश्यले आयोजित सो मेलामा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका व्यापारीहरूले आफ्नो उत्पादनलाई बिक्री लागि स्टल राखेका थिए ।

    मेलाको प्रवर्द्धन उद्योग मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र वृहत्तर क्षेत्र विकास परिषद रहेको थियो भने वित्तीय पार्टन सिटिजन बैंक रहेको थियो ।

    मेलामा चार प्रांग्रे सवारी सधानदेखि इलेक्ट्रोनिक समान, लत्ताकपडा, मोटरसाइकल, ट्याक्टर, ईरिक्सा, इलेक्ट्रोनिक साइकल, मिथिला पेन्टिङका समान तथा घरायसी समानहरू बिक्रीका लागि राखिएको छ ।

    त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुले पनि मेलामा आफ्नो स्टल राखिएका थिए । जनकपुर नगर क्षेत्र भित्र करिब १२ वटा विभिन्न प्रकार उद्योगहरू सञ्चालन हुँदै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij