Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवार ४ लाख रूपैयाँसम्म खर्च गर्न पाउने

राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवार ४ लाख रूपैयाँसम्म खर्च गर्न पाउने

  • 234
    SHARES
  • राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवार ४ लाख रूपैयाँसम्म खर्च गर्न पाउने

    काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले अधिक्तम चार लाख रूपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले चार लाख रूपैयाँसम्म खर्च गर्न पाउने जनाएकाे छ ।

    राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडल र नेकपा एमालेबाट सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार अन्तिम नामावली प्रकाशन भएपछि राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउँछन् । तर उनीहरूलाई चुनावी खर्चको सीमा तोकिएको छ ।

    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा मनोनयनपत्र दर्तादेखि परिणाम घोषणासम्मको अवधिमा उम्मेदवारले गर्ने खर्चको सीमा सम्बन्धी व्यवस्था छ । त्यस व्यवस्था अनुसार उम्मेदवारले अधिकतम ४ लाख रूपैयाँसम्म खर्च गर्न पाउँछन् । तोकिएको सीमा अनुसार सवारी साधनमा र गोष्ठी तथा अन्तरक्रियामा १/१ लाख खर्च गर्न पाइने छ ।

    कार्यालय सञ्चालनमा ६० हजार रूपैयाँ, प्रतिनिधि परिचालनमा ४० हजार रूपैयाँ, विविधमा २४ हजार रूपैयाँ, सवारी इन्धन, प्रचार प्रसार सामग्री, अन्य प्रचार प्रसार, छापा एवम् विद्युतीय माध्यममा २०/२० हजार रूपैयाँ, ढुवानीमा १५ हजार रूपैयाँ र मतदाता नामावली खरिदमा १ हजार रूपैयाँ खर्च गर्न पाइनेछ ।

    मंगलबार साँझ ५ बजे राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि बुधबार (१७ फागुन)देखि ५ चैतसम्म आचारसंहिता लागु हुनेछ । फागुन २५ मा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij