वेबटिभी खबर
काठमाडौं । माथिल्लो मैलुङखोला जलविद्युतले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा माथिल्लो मैलुङखोला जलविद्युतले निवेदन दिएको छ ।
धितोपत्र बोर्डका अनुसार कम्पनीले अंकित मूल्य प्रति कित्ता १०० रूपैयाँका दरले निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो ।
बोर्डबाट आइपीओ निष्कासन तथा बिक्री अनुमती पाएपछि कम्पनीले २५ करोड रूपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्कासन तथा बिक्री गर्ने मैलुङखोला आयोजनाले जनाएको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीले उक्त शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधरणका लागि बिक्री गर्नेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij