Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सप्तरीमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु 

सप्तरीमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु 

  • 289
    SHARES
  • सप्तरीमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु 

    सप्तरी । सप्तरीमा मंगलबार बिहान भएको बोलेरो दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । कञ्चनरूप नगरपालिकामा-९ स्थित विष्णु मन्दिर नजिकै भएको उक्त दुर्घटनामा तीन जनाले ज्यान गुमाएकाे प्रहरीले जनाएकाे छ ।

    घोडा बोकेर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र २-०२-००१च ०७४६ नम्बरको बोलेरो र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा १८ च ६६१७ नम्बरको स्कारपीयो आपसमा ठोक्किँदा सुनसरीको दुहबी नगरपालिका-३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम साहको मृत्यु भएको हो ।

    उनीहरू स्कारपीयोमा सवार थिए । बोलेरोमा रहेका दुई घोडामध्ये एउटाको मुत्यु भएको प्रहरीको भनाइ छ । उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij