Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

अर्घाखाँचीमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अवरूद्ध

अर्घाखाँचीमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अवरूद्ध

  • 450
    SHARES
  • अर्घाखाँचीमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अवरूद्ध

    अर्घाखाँची । अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अवरूद्ध भएको छ ।

    जारी प्रतियोगितामा अन्य खेलहरू सम्पन्न भएपनि भलिबलमा केही स्थानीय तहहरूले फर्जी खेलाडी ल्याएको भन्दै विवाद बढेपछि खेल अनिश्चत बनेको हो ।

    भूमिकास्थान नगरपालिकाले बढी उमेर समूहका खेलाडी सहभागी गराएको पाइएपछि फर्जी खेलाडी हटाएर खेल सन्चालन गर्ने सर्वपक्षीय सहमति भएपनि केही पालिकाहरूले खेल सन्चालन हुँदै गर्दा फेरि असहमति जनाएपछि खेल अनिश्चित भएको हो ।

    सहमतिको प्रयास भइरहेको छ । आपसी सहमतिपछि अविलम्ब खेल सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij