Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कुन जिल्लाका इसीडी शिक्षकबाट कति रकम उठाएँ प्रमाण दिनूस् : पूर्वअधयक्ष चौधरी

कुन जिल्लाका इसीडी शिक्षकबाट कति रकम उठाएँ प्रमाण दिनूस् : पूर्वअधयक्ष चौधरी

  • 1.1K
    SHARES
  • कुन जिल्लाका इसीडी शिक्षकबाट कति रकम उठाएँ प्रमाण दिनूस् : पूर्वअधयक्ष चौधरी

    काठमाडौं । बालविकास शिक्षक केन्द्रीय समिति पूर्वअधयक्ष बसन्त चौधरीले कुन जिल्लाका बालविकास शिक्षकहरूबाट कति रकम उठाएको हो त्यसको प्रमाण दिन माग गरेकी छिन् । 

    images

    संस्था दर्ता नगरी इसीडी शिक्षकहरूबाट रकम उठाएर हिनामिना गरेको भन्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा उजुरी परी केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई छानबिन गरी कारबाही गर्न पत्राचार गरेपछि पूर्वअधयक्ष चौधरीले उजुरीकर्तासँग प्रमाण माग गरेकी हुन् ।

    पूर्वअधयक्ष चौधरीले फेसबुक म्यासेन्जरमा भनेको उक्त कुरा बालविकास शिक्षक मार्फत् वेबटिभी खबरलाई प्राप्त भएको छ ।

    पूर्वअधयक्ष चौधरीले भनेकी छिन्,‘मैले सफाइ दिने के गरेको छु ? प्रमाणसहित देखाउनूस् । कुन जिल्लाबाट कति रकम उठाएँ प्रमाण दिनूस् महासय । होइन भने सामाजिक सञ्जालमा बेइज्जत नगर्नूस् । हजुर जस्तै केन्द्रमा रोएर चिनिएको व्यक्ति म होइन । म काम गरेर देखाएको व्यक्ति  हुँ । मैले सफाइ पाउने नपाउने कुरामा मेरै तदर्थ समितिको पदाधिकारीहरूले बोल्नु हुनेछ ।’

    बालविकास शिक्षक संस्थालाई रकम हिनामिना पारेकाे आरोप, छानबिन गरी कारबाही गर्न पत्राचार बालविकास शिक्षक संस्थालाई रकम हिनामिना पारेकाे आरोप, छानबिन गरी कारबाही गर्न पत्राचार

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology