Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

बागेश्वरी साप्ताहिक महाआरातीले धार्मिक पर्यटन प्रर्वद्धन गर्दै

बागेश्वरी साप्ताहिक महाआरातीले धार्मिक पर्यटन प्रर्वद्धन गर्दै

  • 215
    SHARES
  • बागेश्वरी साप्ताहिक महाआरातीले धार्मिक पर्यटन प्रर्वद्धन गर्दै

    बाँके । नेपालगञ्जको बागेश्वरी मन्दिरमा सुरु भएको साप्ताहिक महाआरतीले धार्मिक पर्यटन प्रर्वद्धन गर्न थालेको छ ।

    images

    प्रत्येक साताको सोमबार हुने महाआरतीमा सहभागी हुन भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको हो । आरतिका लागि नेपालगञ्जबाहेक टाढा-टाढाबाट पनि भक्तजन सहभागी हुने गरेका छन ।

    उक्त मन्दिरमा आयोजना गरिएको पाँचौं महाआरतीमा धेरै भक्तजनको घुइँचो लागेको बागेश्वरी गुठी व्यवस्थापन समितिले जनाएको छ । मन्दिरका मूल महन्थ चन्दननाथ योगी पण्डितका साथमा बटुकद्वारा बैद्धिकमन्त्र उच्चारण गरी संकल्पसहित पूजाअर्चना गरेर धार्मिक विधिअनुसार महाआरती गर्ने गरिन्छ ।

    सन्ध्या आरतीपछि भजनकीर्तन पनि गर्ने गरिन्छ । ‘वेष्टर्न ट्राभल मार्ट’को अवसरमा गत माघ १५ गतेदेखि साप्ताहिकरूपमा बागेश्वरी मन्दिरमा महाआरती सुरु गरिएको थियो ।

    ट्राभल एजेन्ट्स एशोसिएशन अफ नेपाल (नाट्टा) बाँके च्याप्टरको पहलमा बागेश्वरी गुठी व्यवस्थापन समिति र नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा प्रत्येक हप्ताको सोमबार अपराह्न ५ बजेपछि महाआरती हुने गरेको छ ।

    नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बागेश्वरी मन्दिरमा महाआरती सञ्चालन गर्न उपमहानगरपालिकाले सहयोग गर्ने जानकारी दिँदै यसबाट धार्मिक पर्यटन प्रवर्द्धनका साथै नगरबासीमा धार्मिक आस्था बढाउने बताए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology