Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मालीमा रहेको राष्ट्रसंघीय मिसनले अनुसन्धान गर्ने

मालीमा रहेको राष्ट्रसंघीय मिसनले अनुसन्धान गर्ने

  • 260
    SHARES
  • मालीमा रहेको राष्ट्रसंघीय मिसनले अनुसन्धान गर्ने

    संयुक्त राष्ट्रसंघ । गत हप्ता मालीमा भएको हिंसात्मक आक्रमण र यसमा परी केही व्यक्तिको ज्यान गएको विषयमा संयुक्त राष्ट्रसंघीय मिसनले अनुसन्धान गर्ने जनाएको छ ।

    images

    मालीमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले सो कुराको अनुसन्धान गर्ने जनाएको संयुक्त राष्ट्रसंघका एक जना प्रवक्ताले जनाएका छन् ।

    ती प्रवक्ताका अनुसार गत हप्ता मालीमा संयुक्त राष्ट्रसंघीय मिसनमाथि नै हमला भएको थियो र त्यसमा परेर कम्तीमा पनि १२ जनाले ज्यान गुमाएका थिए । मालीको बान्डियागारा भन्ने स्थानमा आतंककारी सशस्त्र समूहले आक्रमण गरी १२ जना सर्वसाधारणको ज्यान लिएको थियो ।

    ती आतंककारीको खोजी जारी राखिएको भए पनि प्रहरीले भेट्न सकेको छैन ।

    उक्त क्षेत्रको कानी बोन्जोन गाउँमा सर्वसाधारणलाई घेराहालेर हत्या गरिएको भन्दै यस्तो जघन्य अपराधको खोजी अनुसन्धान गर्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

    संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले सो कुराको जानकारी दिएका हुन् ।

    उनले मालीको संयुक्त राष्ट्रसंघीय मिसनले यस जघन्य अपराधको अनुसन्धान गर्ने बताएका हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology