वेबटिभी खबर
काठमाडौं । गृह मन्त्रालयले सात जना सहसचिवको जिम्मेवारी तोकेको छ । मन्त्रालयमै रहेका तथा केही जिल्लाका सिडिओहरूलाई सरुवा र जिम्मेवारी तोकिएको हो ।
हालै सरुवा भएर आएका झलकराम अधिकारीलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ । जिम्मेवारीविहीन रहेका आस्मान तामाङलाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा तोकिएको छ ।
फणिन्द्रमणि पोखरेललाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक, रुद्रादेवी शर्मालाई नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी दिइएको छ भने नारायण रिसाललाई बर्दियाको सिडियो बनाइएको छ ।
यस्तै, बर्दियाका सिडियो बन्धुराज बास्तोलालाई पाल्पाको सिडियोमा सरुवा गरिएको छ भने जगन्नाथ पन्तलाई पाल्पाबाट गृह ल्याइएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij