Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

फागुन २२ गतेसम्म बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण नगरे खारेज हुने

फागुन २२ गतेसम्म बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण नगरे खारेज हुने

  • 325
    SHARES
  • फागुन २२  गतेसम्म बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण नगरे खारेज हुने

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ता इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ । प्राधिकरणले मंगलबार सूचना जारी गर्दै फागुन २२ गतेसम्म बीमा अभिकर्ताको इजाजतपत्र प्राप्त गरेका अभिकर्तालाई आवश्यक कागजातहरू पेस गर्न आग्रह गरेको हो ।

    फागुन २२ गतेसम्म आवश्यक कागजात प्राधिकरणमा नबुझाए बीमा अभिकर्ता इजाजतपत्र नवीकरण नहुने सुचनामा जनाईएको छ ।

    उक्त इजाजतपत्र नवीकरण गर्न एसएलसी वा सोभन्दा माथिको लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो एक थान र स्थायी लेखा नम्बर (प्यान) कार्ड अनिवार्य बुझाउन भनिएको छ ।

  • सम्बन्धित विषय:

  • # बीमा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij