Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सर्लाहीका माझी समुदायले मनाए लदीपूजा

सर्लाहीका माझी समुदायले मनाए लदीपूजा

  • 281
    SHARES
  • सर्लाहीका माझी समुदायले मनाए लदीपूजा

    सर्लाही । सर्लाहीका माझी समुदायले मंगलबार कोशी अर्थात् लदीपूजा धुमधामसँग मनाएका छन् ।

    images

    पानीभन्दा अगाडि जन्म भएको किम्वदन्तीमा विश्वास राख्ने माझी समुदायको पुख्र्यौली थलो कोशी किनारहरू हो । विशेष गरी पानीको पूजा गर्ने भएकाले पनि यो समुदायले कोशी पूजालाई ठूलो पर्वको रूपमा लिने गर्दछन् । लदीपूजा माझी समुदायको मुख्य चाड हो । माझी समुदायले लदीपूजालाई प्रकृति पूजाको रूपमा लिने गर्छन् ।

    लदीपूजाका अवसरमा एक कार्यक्रम आयोजना गरी संविधानसभाका सभासद नरेन्द्र साहलाई प्रमुख अतिथि बनाइएको थियो । साहले पनि बाग्मतीस्थित निर्माणाधीन माछा पोखरी (भरत ताल) मा डुंगा खियाए ।

    जिल्लाभरका माझी समुदाय भरत तालमा भेला भएर ऐतिहासिक पर्व लदीपूजा मनाएका हुन् । गत वर्षदेखि यहाँका माझी समुदाय संगठित भएर लदीपूजा पर्व मनाउँदै आएका छन् ।

    माझी समुदायलाई नदी, तालमा डुंगा खियाउने जातिका रूपमा चिनिन्छ तर पछिल्लो समय उनीहरूले अन्य पेशा व्यवसाय पनि अंगालेका छन् ।

    कार्यक्रममा माझी समुदायका पुरुष तथा महिलाहरू माझी समुदायको पोसाकमा सजिएका थिए ।

     

  • सम्बन्धित विषय:

  • # सर्लाही

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology