वेबटिभी खबर
काठमाडौं । नेपाल प्रहरीले काठमाडाैंका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ३८ जनालाई पक्राउ गरेकाे छ ।
काठमाडाैं महानगरपालिका-१४ कुलेश्वर गैरीशंकर बस्ने वसन्त सापकोटाको घरमा जुवातास खेलिरहेका महानगरपालिका-१२ टेकु बस्ने ४२ वर्षीया दिलमाया देउलासहित २३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३८ हजार २०० रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-९ शम्भुमार्ग बस्ने जमुना पौडेलको घरको अण्डर ग्राउण्डमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे घर भई हाल काठमाडौं महानगरपालिका-७ मित्रपार्क बस्ने ३६ वर्षीय जितनारायण श्रेष्ठसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त गौशालाबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै काठमाडौं चन्द्रागिरी नगरपालिका-१२ बलम्बु बस्ने ५८ वर्षीय पूर्ण महर्जनको घरमा तास खेलिरहेको अवस्थामा महर्जनसहित ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बलम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ९१० रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij