Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

प्रदेश-१ को नाम ‘किराँत लिम्बुवान सगरमाथा’ राख्न नेकपा एस र जसपाको प्रस्ताव

प्रदेश-१ को नाम ‘किराँत लिम्बुवान सगरमाथा’ राख्न नेकपा एस र जसपाको प्रस्ताव

  • 372
    SHARES
  • प्रदेश-१ को नाम ‘किराँत लिम्बुवान सगरमाथा’ राख्न नेकपा एस र जसपाको प्रस्ताव

    विराटनगर । नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा)ले छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।

    नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र प्रदेश-१ को नाम ‘कोसी’ राख्नेमा सहमत भएका छन् भने नेकपा एमाले र नेकपा एसले छुट्टै नाम प्रस्ताव गरेका छन् ।

    संसद सचिवालयमा दुई दलका सांसदले ‘किराँत लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव दर्ता गरेका हुन् ।

    एकीकृत समाजवादीका सांसद पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावलाई नेकपा एसका सांसद कमलप्रसाद जवेगु र जसपाका सांसद निर्मला लिम्बूले समर्थन गरेकी छिन् ।

    नेकपा एमालेले कांग्रेसको समर्थनमा ‘कोसी’ प्रदेश नामकरणका लागि प्रस्ताव दर्ता गराएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij