Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

शेयर बजार दोहोरो अंकले घट्यो

शेयर बजार दोहोरो अंकले घट्यो

  • 186
    SHARES
  • शेयर बजार दोहोरो अंकले घट्यो

    काठमाडौं । साताको चौथो दिनको कारोबारमा शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर कारोबार मापक नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा झरेको छ ।

    images

    यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ अंकले घटेर ३७८.३७ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कूल २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोड ८३ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

    त्यस्तै कारोबारको आधारमा अपर तामाकोशी हाईड्रोपावर शीर्ष स्थानमा छ । जसको आज ८ करोड ७२ लाखभन्दा बढीको कारोबार भएको छ ।

    त्यस्तै दोस्रोमा शिबम सिमेन्ट र तेस्रोमा हिमालय डिस्टिलरीको रहेको छ । बुधबारको कारोबारमा सबै उपसुचकहरू उपसूचक घटेको छ ।

    सबैभन्दा धेरै निर्माण प्रशोधन र माईक्रो फाइनन्सको २ प्रतिशतले कारोबार रकम घटेको छ । आजको कारोबारमा आदर्श लघुवित्त वित्तिय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology