Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

जसपामा एकअर्कालाई पार्टीबाट निकाल्ने होडबाजी, ठाकुरले पनि उपेन्द्रलाई निकाले

जसपामा एकअर्कालाई पार्टीबाट निकाल्ने होडबाजी, ठाकुरले पनि उपेन्द्रलाई निकाले

  • 268
    SHARES
  • जसपामा एकअर्कालाई पार्टीबाट निकाल्ने होडबाजी, ठाकुरले पनि उपेन्द्रलाई निकाले

    काठमाडौ । जसपामा एकअर्कालाई पार्टीबाट निकाल्ने होडबाजी चलेको छ ।

    अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारबाही गरेर निकालेको केहीबेरमै ठाकुरले पनि यादवलाई निकालेका छन् ।

    ठाकुर पक्षीय एक नेताका अनुसार यादवलाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । ती नेताले भने, ‘यादवजी अब पार्टीको साधरण सदस्य पनि रहनुभएन ।’

    मंगलबार नै यादवले ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ सुल्ललाई पार्टीबाट निकालेका थिए ।

    कारबाहीको निर्णय भए लगत्तै यादवले निर्वाचन आयोगलाई पनि त्यसबारे जानकारी दिएका छन् । 

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने विषयमा दुई पक्षबीच विवाद बढ्दै जाँदा जसपा विभाजनको संघारमा छ । 

    ठाकुर पक्ष ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जाने लगभग निश्चित भइसकेको छ । 

     

    डा.भट्टराई-यादव पक्षले ठाकुरसहित चार जनालाई पार्टीबाट निकाल्यो डा.भट्टराई-यादव पक्षले ठाकुरसहित चार जनालाई पार्टीबाट निकाल्यो

    ओलीलाई भीम रावलको कटाक्ष- जसपालाई २० मन्त्री दिए  खुसी पार्नुपर्ने ‘शक्ति’ पनि मक्ख पर्ने ओलीलाई भीम रावलको कटाक्ष- जसपालाई २० मन्त्री दिए खुसी पार्नुपर्ने ‘शक्ति’ पनि मक्ख पर्ने 

    ओली-ठाकुर पक्ष वार्ता सकियो, ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने सहमति  ओली-ठाकुर पक्ष वार्ता सकियो, ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने सहमति 

    पार्टी फुटेको संकेत गर्दै  ठाकुर पक्षलाई बाबुरामले भने- भेडाहरूलाई भेडासँगै लाग्न दिऊँ पार्टी फुटेको संकेत गर्दै ठाकुर पक्षलाई बाबुरामले भने- भेडाहरूलाई भेडासँगै लाग्न दिऊँ

  • सम्बन्धित विषय:

  • # जसपा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology