Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

  • 257
    SHARES
  • यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ ।

    जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रूपैयाँ, हरियो अंगुर ११० रूपैयाँ, भारतीय सुन्तला ११० रूपैयाँ, अनार २५० रूपैयाँ र आभोकाडो ५०० रूपैयाँ, अमला १०० रूपैयाँ, किवि ४०० रूपैयाँ र अम्बा १०० रूपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रूपैयाँ, अदुवा १०० रूपैयाँ, रातो आलु २५ रूपैया, सेतो आलु १६ रूपैयाँ रहेको छ भने स्थानीय काउली १५ रूपैयाँ, कागती २१० रूपैयाँ, सुकेको खुर्सानी ४०० रूपैयाँ र हरियो खुर्सानी १०० रूपैयाँ प्रतिकेजी कायम भएको छ ।

    त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रूपैयाँ, गान्टे मूला ६० रूपैयाँ, गुन्दुक २५० रूपैयाँ, राजमा घिउ सिमी ९० रूपैयाँ, चमसूरको साग ४० रूपैयाँ, कन्य च्याउ १८० रूपैयाँ, डल्ले च्याउ २५० रूपैयाँमा  किनबेच भइरहेको छ भने तितो करेला ११० रूपैयाँ, तोरीको साग २० रूपैया, भारतीय सुकेको प्याज ३० रूपैयाँ, हरियो प्याज ४० रूपैयाँ, पुदीना २५० रूपैयाँ, लोकल बन्दा १५ रूपैयाँ कायम गरिएको छ ।

    ब्रोकाउली ४० रूपैयाँ, भान्टा लाम्चो ७० रूपैयाँ, भिण्डी ११० रूपैया केजी र हरियो धनिया ३० रूपैयाँ पाइने समितले जनाएको छ । यसैगरी, ताजा छडी माछा प्रतिकेजी २४० रूपैयाँ, बचुवा माछा २६० रूपैयाँ साथै मंगुरी माछा ३१० रूपैयाँ केजी र रहु माछा ३३० रूपैयाँमा किनबेच भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij