Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

राष्ट्रपतिका लागि रामचन्द्रजी सबैभन्दा योग्य र उपयुक्त उम्मेदवार हुनुहुन्छ : सभापति देउवा

राष्ट्रपतिका लागि रामचन्द्रजी सबैभन्दा योग्य र उपयुक्त उम्मेदवार हुनुहुन्छ : सभापति देउवा

  • 460
    SHARES
  • राष्ट्रपतिका लागि रामचन्द्रजी सबैभन्दा योग्य र उपयुक्त उम्मेदवार हुनुहुन्छ : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिका लागि रामचन्द्र पौडेललाई सबैभन्दा योग्य र उपयुक्त उम्मेदवार भएको बताएका छन् ।

    बिहीबार काठमाडौंमा आठ राजनीतिक दलका संघीय सांसदहरूलाई अभिमुखीकरण गर्न कांग्रेसले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रपतिका उम्मेदवार पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो सम्पूर्ण जीवन संघर्षमै बिताएको जानकारी दिए ।

    ‘तपाईंहरूलाई शेरबहादुरले रामचन्द्रलाई कहिल्यै केही दिएन भन्ने परेको होला । तर हामी धेरै पूरानो साथी हो, मलाई पनि उहाँको बारेमा सोच्दा खटपट भइरहन्थ्यो । त्यसकारण अहिले उहाँलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छौँ, वास्तवमा यो अत्यन्तै महत्त्वपूर्ण घडीमा महत्त्वपूर्ण पदमा उहाँलाई अघि सारेका छौँ ।’ देउवाले भने ।

    देउवाले पौडेललाई निर्वाचित गर्दा विगत्‌मा जस्तो संविधान च्यात्ने जोखिम नहुने बताए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij