Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

फिलिपिन्समा सैनिक कारबाहीमा चार विद्रोही मारिए

फिलिपिन्समा सैनिक कारबाहीमा चार विद्रोही मारिए

  • 193
    SHARES
  • फिलिपिन्समा सैनिक कारबाहीमा चार विद्रोही मारिए

    फिलिपिन्स । मध्य फिलिपिन्समा राष्ट्रिय सेनाले गरेको कारबाहीमा चार जना संदिग्ध विद्रोही मारिएका छन् ।

    images

    नेग्रोस ओक्सीडेन्टल प्रान्तको एक शहरको बाहिरी भागमा बुधबार गरिएको कारबाहीमा उनीहरू मारिएका सैनिक प्रवक्ताले आज बताएका हुन् ।

    कर्णेल जोरी बाक्लोरका अनुसार सेनाले ग्रेनेड लन्चर, एक ४७ राइफललगायत विभिन्न हातहतियार पनि बरामद गरेको छ ।

    मारिएकाहरू न्यू पिपल्स आर्मी (एनपीए) का सदस्य भएको आशंका गरिएको छ ।

    सन् १९६९ देखि एनपीए विद्रोहीहरू सरकारविरुद्ध संघर्ष गर्दै आएका छन् । उक्त समूहले ग्रामीण क्षेत्रमा आक्रमण केन्द्रित गर्दै आएको छ ।

    सन् १९८० मा निकै शक्तिशाली विद्रोही शक्तिका रुपमा स्थापित एनपीएमा अहिले दुई हजारको हाराहारीमा सदस्य रहेका  सैन्य तथ्यांकले देखाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology