Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

यस्तो छ तरकारी तथा फलफूलको मूल्य

यस्तो छ तरकारी तथा फलफूलको मूल्य

  • 295
    SHARES
  • यस्तो छ तरकारी तथा फलफूलको मूल्य

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

    जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रूपैयाँ, हरियो अंगुर ११० रूपैयाँ, भारतीय सुन्तला ११० रूपैयाँ, अनार २८० रूपैयाँ र आभोकाडो ५०० रूपैयाँ, अमला ७० रूपैयाँ, किवि ४०० रूपैयाँ र अम्बा १०० रूपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    समितिका अनुसार नेपाली ठूलो गोलभेडा ४० रूपैयाँ, अदुवा ९० रूपैयाँ, रातो आलु २४ रूपैयाँ, सेतो आलु १७ रूपैयाँ रहेको छ भने स्थानीय काउली २५ रूपैयाँ, कागती २२० रूपैयाँ, सुकेको खुर्सानी ४०० रूपैयाँ र हरियो खुर्सानी १२० रूपैयाँ प्रतिकेजी कायम भएको छ ।

    त्यस्तै लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रूपैयाँ, गान्टे मूला ७० रूपैयाँ, गुन्दुक २५० रूपैयाँ, राजमा घिउ सिमी १३०० रूपैयाँ, चमसूरको साग ६० रूपैयाँ, कन्य च्याउ १५० रूपैयाँ, डल्ले च्याउ ३०० रूपैयाँमा  किनबेच भइरहेको छ भने तितो करेला १३० रूपैयाँ, तोरीको साग ३० रूपैयाँ, भारतीय सुकेको प्याज ३० रूपैयाँ, हरियो प्याज ४० रूपैयाँ, पुदीना २२० रूपैयाँ, लोकल बन्दा १५ रूपैयाँ कायम गरिएको छ ।

    ब्रोबाउली ५० रूपैयाँ, भान्टा लाम्चो ७० रूपैयाँ, भिण्डी १२० रूपैयाँ केजी र हरियो धनिया २० रूपैयाँ पाइने समितले जनाएको छ । यसैगरी ताजा छडी माछा प्रतिकेजी २४० रूपैयाँ, बचुवा माछा २६० रूपैयाँ साथै मंगुरी माछा ३१० रूपैयाँ केजी र रहु माछा ३३० रूपैयाँमा किनबेच भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij