Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

सन्दर्भः दरबार हत्याकाण्डको २१ वर्ष 

एक शिक्षिकाको नजरमा दरबारका चार सन्तान

एक शिक्षिकाको नजरमा दरबारका चार सन्तान

  • 6.6K
    SHARES
  • एक शिक्षिकाको नजरमा दरबारका चार सन्तान

    काठमाडौं । ०५८ जेठ १९ नेपालको राजदरबार हत्याकाण्ड भएको दिन । त्यो एउटा यस्तो रात थियो, जसले नेपालमा राजसंस्थाको अन्त्य गर्यो ।

    images

    यो घटनाले स्तब्ध नपार्ने नेपाली सायदै थिए । यो घटनापछि नेपाली राजनीति २५० वर्षको एकात्मक शासन व्यवस्थाबाट लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्यो । भलै हामीले प्राप्त गरेको गणतन्त्रका सवल र दुर्बल पक्षको समीक्षा हुँदै जाने नै छ ।

    दरबार हत्याकाण्डको २१ वर्ष पूरा हुँदा पनि उक्त घटना रहस्यकै पोल्टामा छ । तर त्यसतिर भन्दा पनि हामीले यहाँ दीपेन्द्र शाह, निराजन शाह, श्रुति शाह र पारस शाहको स्कुलले दैनिकी र उनीहरूको बाल्यकालका पाटापक्ष खोतलेका छौं ।

    ०२४ सालमा काठमाडौंमा स्थापित कान्ति ईश्वरी शिशु विद्यालयमा तत्कालीन राजपरिवाका सन्तान दीपेन्द्र शाह, निराजन शाह, पारस शाह र श्रुति शाह अध्ययन गर्थे । उनीहरूले पढ्ने गरेको उक्त विद्यालय हाल अस्तित्वमा छैन ।

    दीपेन्द्र, निराजन र श्रुति ०५८ को दरबार हत्याकाण्डमा परे । बाँकी छन् पारस शाह । बाल्यकालमा विद्यालय अध्ययन गर्दा उनीहरू कस्ता स्वभावका थिए ? तत्कालिन प्रिन्सिपल रञ्जना पोखरेलले यसरी सुनाइन्:

    दीपेन्द्र 

    दीपेन्द्र शाहलाई दुई वर्षमा स्कुल भर्ना गराइयो । जनताका छोराछोरी जसरी पढ्थे उनीहरूलाई पनि उसैगरी पढाउन दरबारको निर्देशन थियो । भेदभाव थिएन । ‘तिमी’ भन्न आदेश थियो । दरबारको निर्देशन अनुसार हामीले पढायौं ।

    राजा वीरेन्द्र, रानी एश्वर्या, कोमल, शान्ति र प्रेक्षा सरकारले स्कुलको निरीक्षण पनि गर्थे । स्कुल पढ्दा दीपेन्द्रले गरेको एउटा रमाइलो बालहठ छ । कक्षामा राजारानीको तस्बिर राखिएको थियो । तस्बिर देखेर दीपेन्द्रले ‘त्यो त मेरो ममी-ड्याडी हो’ भने । ‘म त राजाको छोरा हो नि !’ भने । मैले ‘त्यो त होला तर यो चैं दीपेन्द्र शाह हो । हाम्रो स्टुडेन्ट हो । राजाको छोरालाई हामीले चिनेका छैन’ भनें । त्यति भनेपछि ‘ए होइन रहेछ, यहाँ भन्न नहुने रहेछ, यिनीहरूले थाहा पाएनन्, अथवा के भनिठाने । उनी जिल्ल परे । चुप लागे । बोल्न सकेनन् । त्यसपछि हामीलाई मान्न थाले ।

    dependra.jpgकान्ति ईश्वरी शिशु विद्यालयमा शिक्षिका र सहपाठीमाझ दीपेन्द्र । जतिबेला उनी कक्षा २ मा पढ्थे ।  तस्बिर सौजन्यः रञ्जना पोखरेल 

    अनुशासनमा बसे । उनको सत्य वचनलाई हामीले पनि स्वीकार गरिदिएको भए अनुशासनमा राख्न गाह्रो हुन्थ्यो । अरू विद्यार्थीलाई पिटपाट गर्ने, बदमासी हुन्थे होला । बस भनेपछि उनी बस्थे । हामीले भनेको मान्दै गए । हामीलाई पनि सम्हाल्न सजिलो भयो । बडामहारानीले दीपेन्द्रका २/३ जना साथीहरू दरबारमा पठाइदिनु’ भन्ने आदेश पनि थियो । 

    बच्चा भए पनि दीपेन्द्र कहिलेकाहिँ घर (दरबार) को कुरा भन्थे । हामी नबुझेझैं गथ्यौं । हामीले चिन्दनौं बाबु’ ! हामी स्कुलको कार्यक्रममा बोलाउँछौं । प्यारेन्स डे मा । अनि हामीलाई चिनाउनु’ है बाबु’ !’ भन्थ्यौं । दीपेन्द्र मुन्टो हल्लाउँदै ‘हुन्छ’ भन्थे ।

    केही समयपछि दीपेन्द्रले घर (दरबारको) को कुरा स्कुलमा बोल्नहुन्न भन्ने बुझिसेका थिए । कक्षामा एकमद अनुशासित दीपेन्द्र बाहिर खेल्ने बेलामा भने राउडी (चकचके) थिए । कक्षामा हामीलाई देखेपछि गुडमर्निङ भन्थे । केही भन्न परे हात उठाएर मात्रै बोल्थे ।

    दीपेन्द्रलाई मैले नर्सरी, केजी, वान, टु र थ्री मा पढाएँ । पाँच वर्ष पढाएँ । त्यसपछि बुढानिलकण्ठ स्कुलमा लगियो । अन्य शिक्षक भए पनि दीपेन्द्रलगायतलाई निरन्तर पढाउने म एकजना मात्रै शिक्षक थिएँ । नेपाली, अंग्रेजी र सामाजिक पढाएँ । 

    निराजन

    वीरेन्द्रका कान्छा छाेरा हुन् निराजन । एकदम फुर्के थिए । जेठो छोरा डराउने । निराजन डराउँदैथे ममीसँग । ममीसँग पनि नडराएछि उसलाई एडजस्ट गराउन निकै गाह्रो पर्थ्याे । स्कुल पुर्‍याउन बडामहारानी नै सवारी हुनुपर्थ्याे । मोटरबाट ओर्लिनै नमान्ने । मोटरसम्म म गएर ‘आऊ भनेर’ समातेर ओरोलेपछि फुत्रुक्क ओर्लिन्थे । मसँग मात्रै । अरू कोहीसँग मान्दैनथे । स्कुल जाने भनेपछि नमान्ने रे ! नर्सरीमा ‘एडजस्ट’ गराउन निकै गाह्रो भयो । धेरै दिन लाग्यो । केजीमा गएपछि ठिक भयो । निराजन पनि दीपेन्द्रजस्तै अनुशासनमा बस्ने भए । दाजु’ जस्तै अनुशासित बनाएर उनलाई पनि हामीले विदा गर्यौं । निराजनलाई पनि बुढानिलकण्ठमा लगियो ।

    श्रुति

    श्रुति शाह डराउँथिन । मिल्ने स्वभावकी थिइन् । अनुशासित पनि थिइन् । दीपेन्द्रलाई पहिले नै अनुशासनमा नराखेको भए श्रुतिहरूलाई पनि गाह्रो हुन्थ्यो होला । श्रुतिलाई ह्यान्डिल गर्न सजिलो भयो । राजाको छोरी हुँ भनिनन् । भलादमी थिइन् ।  

    सर्वसाधारणको छोराछोरीसँग मिलेर बस्थिन् । साथी बनाउन रूचाउँथिन् । नर्सरी, केजी, वानसम्म पढाएँ । टुबाट सेन्ट मेरिज स्कुल लगियो । चित्र बनाउन सिपालु थिइन् श्रुति । कला प्रर्दशनी पनि गरेकी थिइन् । 

    पारस

    पारस शाह डराउँथे । उपद्रो गर्थेनन् । ज्ञानी थिए । साथीहरूलाई भने जिस्क्याउँथे । खुसखुस गर्थे । कहिल्यै अटेरी भएनन् । मेरो छोरा अनुप पोखरेलसँग हिँड्थे । दीपेन्द्र पनि हिँड्थे । एउटै क्लासमा पढ्थे । तर सेक्सन फरक । पढाइमा ध्यान नदिए पनि अतिरिक्त क्रियाकलापमा चासो राख्थे पारस ।  उनले नर्सरी, केजी, वान, टु पढे । त्यसपछि बुढानिलकण्ठ नै गए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology