Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

दोर्दी गाउँपालिकाका उच्च पहाडी भेगमा ३ वटा पदमार्ग पहिचान

दोर्दी गाउँपालिकाका उच्च पहाडी भेगमा ३ वटा पदमार्ग पहिचान

  • 205
    SHARES
  • दोर्दी गाउँपालिकाका उच्च पहाडी भेगमा ३ वटा पदमार्ग पहिचान

    लमजुङ । दोर्दी गाउँपालिकाले उच्च पहाडी भेगमा ३ वटा पदमार्ग पहिचान गरेको छ । पदमार्गमा भीडीगोठहरू भएकाले दोर्दी गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ को अवधारणा अघि सारेको छ ।

    images

    मानव बस्ती नभएका र होटलहरू समेत नरहेको अवस्थामा भीडीगोठमै बास बस्न मिल्ने गरी व्यवस्थापन गर्ने अवधारणा अघि सारिएको हो । ‘हामी भेडिगोठलाई आधारभूत सुविधाहरूसहित सेल्टरको रूपमा विकास गर्न चाहन्छौं ।’ दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले भने ।

    उनले गाउँपालिकाले ४ दिनदेखि ११ दिनसम्मका पदमार्ग पहिचान गरेको जानकारी दिए । गाउँपालिका अन्तर्गत पहिचान भएका पदमार्ग विल्कुलै नयाँ रहेको र मानवबस्ती साथै सडक सञ्जालभन्दा टाढा रहेकाले यी पदमार्गमा यात्रा गर्नेलाई नयाँ अनुभव प्राप्त हुने बताए ।

    अधिकारीका अनुसार दोर्दी गाउँपालिका ४ को नौथरसेराबाट सुरु भएर इलमपोखरी, लिपेलेक हुँदै दाम्राङबाट फेरि नौथरसेरा झर्ने ४ दिने पदयात्रा गर्न सकिन्छ ।

    यस्तै, नौथर सेराबाट इलमपोखरी, लिपेलेक, नौटाँचे, मुल्मचे, उखण्ड ताँजे नौथरसेरा ८ दिनको यात्रा गर्न सकिन्छ । नौथरसेरा इलमपोखरी, लिपेलेक, नौटाँचे, मुल्मचे, उखण्डबाट मेमेपोखरी, कुम्रोडाँडा, बाह्रपोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिलतर्फबाट बेंसीसहरसम्मको ११ दिनको पदयात्रा पनि गर्न सकिन्छ ।

    अध्यक्ष अधिकारीका अनुसार पदमार्गमा यात्रा गर्दा बाटैभरी लालीगुँरास, हनी हन्टिङ, छहरा तथा झरना, गुफा, गढी साथै हिमश्रृंगखलालगायतको दृश्यावलोकन गर्न सकिन्छ ।

    ती क्षेत्रमा हालसम्म पदमार्गको पहिचान, पोखरीको पुनःसंरचनाका साथै प्रचारप्रसार तथा भेडीगोठलाई सेल्टरका रुपमा विकास गर्नका लागि काम गरिरहेको अधिकारीको भनाइ छ। 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology