Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बानेश्वरमा दुर्गा प्रसाईंको आन्दोलन सुरु

बानेश्वरमा दुर्गा प्रसाईंको आन्दोलन सुरु

  • 442
    SHARES
  • बानेश्वरमा दुर्गा प्रसाईंको आन्दोलन सुरु

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले घोषणा गरेको आन्दोलन काठमाडौंमा सुरु भएको छ । बानेश्वरमा भइरहेको आन्दोलनमा बिभिन्न संघ र संस्थाको समर्थन रहेको आयोजकले जनाएका छन् । राष्ट्रिय झन्डासहित भेला भएका प्रदर्शनकारीमा प्रसाईलगायत बक्ताहरुले सम्बोधन गर्नेछन् ।

    प्रसाईंले हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका हुन् ।

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको आन्दोलन भैरहवालगायतका देशका बिभिन्न ठाउँमा सम्पन्न भएर काठमाडौं आईपुगेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij