वेबटिभी खबर
जनकपुर । धनुषा प्रहरीले गत साउन महिनादेखी १८ फागुनसम्म ६४५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार एकैदिन विभिन्न मुद्दाका २७ जना फरार प्रतिवादी पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या करिब ७०० पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गर्दा यती धेरै संख्यामा फरार रहदैँ आएकाहरू पक्राउ परेका हुन् ।
उनका अनुसार यसका लागि एकजना प्रहरी निरीक्षकको नेतृत्वमा फरार प्रतिवादी खोजतलास टोली नै खटाइएको छ । उनका अनुसार विभिन्न प्रहरी चौकीबाट पनि जनशक्ति परिचालन गरिएको छ ।
उनले भने, ‘जिल्ला अदालतको फैसला कार्यान्वयन एकाइद्वारा प्राप्त लगतका आधारमा फरार प्रतिवादी पक्राउ गरिरहेको छौँ ।’ उनका अनुसार धनुषामा दिनहुँजसो फरार प्रतिवादी पक्राउ परिरहेको छन् ।
यस अभियानअन्तर्गत चालू आर्थिक वर्षको साउन १ देखि फागुन १९ गतेसम्ममा ६४६ जना फरार प्रतिवादी पक्राउ परेका हुन् । पक्राउ परेका प्रतिवादीमध्ये कैद सजाय तोकिएकालाई अदालतमा उपस्थित गराएर कारागार पठाइएको छ भने केही भने अनुसन्धानका शिलशिलामा पक्राउ गरि प्रहरी नियन्त्रणमा राखिएको छ ।
प्रहरी नियन्त्रणमा राखिएकाले आवाश्यक कारबाही गरि छाडने र मुद्धा चलाउने कार्य गरिएको उनको भनाइ छ ।
प्रहरी प्रधान कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालयबाट पनि फरार प्रतिवादीलाई खोजतलास गरि कारबाही चलाउन निर्देशनपछि सोही अनुसार कारबाही अभियान चलाईएको र सो अभियान अब पनि जारी रहने प्रहरी उपरीक्षक खडकाले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij