Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मुलुकमा लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भएको छ : कमल थापा

मुलुकमा लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भएको छ : कमल थापा

  • 302
    SHARES
  • मुलुकमा लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भएको छ : कमल थापा

    हेटाैंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भएको बताएका छन् ।

    राप्रपा नेपाल मकवानपुरद्वारा हेटौंडामा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले मुलुकका ठुला भनिने नेताहरू निर्लज्ज ढंगले लुट मच्चाउन लागेको आरोप लगाए ।

    थापाले अरबौ भ्रष्टाचारको मुद्दाहरू एनसेल करछली, बाईडबढी, सार्बजनिक जग्गा अतिक्रमण, सुन तस्करी हुदै कोभिड भ्याक्सिनमा समेत भ्रष्टाचार गर्ने काममा ठुला भनिने नेताहरू संलग्न हुनु ब्रम्हलुटको पराकाष्ठा भएको टिप्पणी गरे ।

    उनले विदेशी हस्तक्षेप र प्रभाव नांगाे रूपमा बढेको र मुलुकको स्वाधीनता कमजोर भएकोसमेत बताए । राप्रपा नेपाललाई उठाउने र मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने दृढता व्यक्त गर्दै थापाले कार्यकर्ताहरूलाई उच्च मनोबलसहित अब संगठन निर्माणमा केन्द्रित हुन समेत आग्रह गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij