Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

जसपाद्वारा गठित छानबिन समितिले बुझायो प्रतिवेदन

जसपाद्वारा गठित छानबिन समितिले बुझायो प्रतिवेदन

  • 293
    SHARES
  • जसपाद्वारा गठित छानबिन समितिले बुझायो प्रतिवेदन

    काठमाडौं । जनता समाजवादी पार्टीद्वारा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । शनिबार बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले आफ्नो प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको हो ।

    मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि कारबाहीको सिफारिस गरिएको प्रतिवेदन पार्टीलाई बुझाइएको छ ।

    कारवाहीको सिफारिस गरिएका मध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ छन ।छानबिन समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगी स्थलगत प्रतिवेदन तयार पारेको हो ।

    शिवलाल थापा नेतृत्वको छानबिन समितिले आफूले जिम्मेवारी पाएको ४९औँ दिनमा प्रतिवेदन हस्तान्तरण गरेको छ । पार्टीको आगामी बैठकमा प्रतिवेदन प्रस्तुत भई विधानको व्यवस्था बमोजिमको कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij