Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बसले किच्दा एक जनाको मृत्यु

बसले किच्दा एक जनाको मृत्यु

  • 296
    SHARES
  • बसले किच्दा एक जनाको मृत्यु

    काठमाडौं । बारामा बसले किच्दा एक जनाको मृत्यु भएको छ । आइतबार मध्यान्ह वीरगंजबाट विराटनगरतर्फ जाँदै गरेको को १ख५७०० नम्बरको बस ब्याक गर्नेक्रममा निजगढ नगरपालिका ८ बुधचोकका ५० वर्षीय मजिद मियाको मृत्यु भएको हो ।

    बसले किच्दा घाइते भएका मियालाई तत्काल स्थानीय सिटी अस्पतालमा उपचार पश्चात थप उपचारको लागि गण्डकी हेल्थकेयर अस्पताल वीरगञ्ज रेफर गरिएकोमा अस्पताल पुर्‍याए लगत्तै उनको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

    बस चालक सिरहा सुखिपुर नगरपालिका ८ का ४२ वर्षीय ललन कुमार दासलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय निजगढमा राखेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij