पवित्रा खड्का
काठमाडौं । होली पर्व नेपालमा ठूला चाडवाडजस्तै धुमधामसँग मनाउने चलन छ । होलीको अघिल्लो साँझ काठमाडौंको वसन्तपुर दरबार अगाडि ‘होलिका दहन’ गरेर यस चाडको सुरुवात गरिन्छ ।
नेपालमा पहाडी क्षेत्रमा मनाएको भोलिपल्ट तराईमा होली मनाइन्छ । नेपालको विशेष शहरहरू काठमाडौं, पोखरा, धरान, भरतपुर, विराटनगर, धनगढी लगायत ठाउँमा होलीको रौनक अझै फरक हुन्छ ।
विशेष सांस्कृतिक कार्यक्रमहरू र त्यसमाथि रङहरूको वर्षाले शहरको होली अझै रमाइलो र राम्रो देखिन्छ । होलीमा पानी छ्याप्ने, अबिर, केशरी लगायत रङ लगाउने चलन छ । बर्तमान समयमा होलीले विभिन्न खालका विकृति, विसंगतिहरू भित्र्याएको छ ।
पछिल्लो समय होली खेल्दा प्रयोग हुने रंगले स्वास्थ्यमा विभिन्न खाले असर गरेको चिकित्सक बताउँछन् । रंगमा प्रयोग हुने रसायनिक पदार्थका कारण असर देखिने गरेको हो ।
होलीमा पानी छ्याप्ने, अबिर, केशरीलगायत रङ लगाउने चलन छ । बर्तमान समयमा होलीले विभिन्न खालका विकृति, विसङ्गतिहरू पनि भित्र्याएको छ । अर्कोतर्फ स्वास्थ्यका हिसाबले होलीमा प्रयोग गरिने रङ्गबाट पनि सतर्क रहनुपर्छ ।
होलीमा प्रयोग गरिने विभिन्न रङ्गहरू रासायनिक वस्तु हुन । जसको नकारात्मक प्रभाव शरीरमा हुने गर्छ भन्ने सबैले बुझ्नु जरूरी छ । होलीमा मुख्यतः प्रयोग गरिने रातो रङ्गमा मर्करी सल्फेट, हरियोमा कपर सल्फेट, नीलोमा फेरो साइनाइड, बैजनीमा क्रोमियम आयोडाइड तथा कालोमा लिड अक्साइडजस्ता रासायनिक तत्व हुन्छन् ।
यी रासायनिक तत्वहरूले छाला, आँखा, कानलगायत शरीरका विभिन्न अंगमा नकारात्मक असर पुर्याउँछ । यसको प्रयोगले सामान्य एलर्जीदेखि क्यान्सरसम्म हुन सक्ने सम्भावना बढ्छ । उक्त वस्तुहरू कुनै कारणवश खाने नलीमा प्रवेश गरे चक्कर आउने, वान्ता आउने, पेट दुख्ने हुन सक्छ ।
प्रायःजसो सबै रङ्गमा हुने रसायनले शरीरको नरम छालामा एलर्जी गराउने गर्छ । फलस्वरूप छाला रातो हुने, चिलाउने, रातो डाम बस्ने हुन सक्छ ।
आँखामा प्रवेश गरे चिलाउने, रातो हुने, पानी बग्ने, हुन सक्छ । त्यस्तै कानमा प्रवेश गरे चिलाउने र पछि गएर कान पाक्नेसम्म हुन सक्छ । रङ्गमा पाइने विशाक्त रसायनका अणु एकअर्कासँग कसिएर बाँधिएका हुन्छन ।
जसका कारण शरीरमा असर पर्दैन । नीलो रङ्गमा हुने विषाक्त साइनाइड, आइरनसँग कसिएर बाधिएको हुन्छ । तसर्थ शरीरमा विषको कुनै प्रभाव हुँदैन ।
तर यी रङ्गहरूले शरीरमा एलर्जी गर्ने प्रचुर सम्भावना रहन्छ । होलीका नाममा प्रयोग गरिने सिल्भर पेन्टमा हुने एलमुनियम ब्रोमाइडले एलर्जीका साथै क्यान्सर हुने सम्भावना बढाउँछ ।
त्यस्तै, होलीमा गलत नियतका साथ प्रयोग गरिने कालो मोसो, मोबिल, फोहोर पानी विकृति मात्र होइन, यसले शरीरमा गम्भीर नकारात्मक असर पार्न सक्छ । फोहोर पानीमा शरीरमा घातक जीवाणुको संक्रमण हुन सक्छ । साथै छिट्टै एलर्जी हुन सक्छ ।
होली खेल्दा स्वास्थ्यका दृष्टिकोणबाट आफू बच्ने र अरूलाई बचाउने भरपुर प्रयास गर्नु उचित हुन्छ । डाक्टरहरूका अनुसार होलीको रङ्गको असरबाट बच्नका लागि रङ्ग खेल्नु अघि शरीरमा उपयुक्त तेल लगाएर खेल्नुपर्छ, कानमा कपास राख्नुपर्छ, आँखा, कान तथा मुखमा रङ्ग लगाउनु कसैलाई पनि दिनु हुन्न । यदि कसैलाई छालाको एलर्जी छ भने त्यस्ता मानिसले रङ्ग नखेल्न चिकित्सकले सल्लाह दिएका छन ।
चिकित्सकका अनुहार रङ्गले निम्न प्रकारका असरहरू गर्न सक्छ ।
१) छाला अत्यधिक चिलाउने
२) छालामा कत्लाहरू आउने
३) आँखामा एलर्जी हुने
४) नङ्गहरुको वरिपरि एलर्जी हुने
५) छाला सुख्खा हुने तथा फुट्ने
६) कपाल झर्ने तथा रुखो र सुख्खा हुने
७) डंडीफोर तथा चाया बढ्ने
रङ्ग खेल्नु अघि अपनाउनु पर्ने उपायहरू
१) सकेसम्म प्राकृतिक रङ्गहरूको प्रयोग गर्ने ।
२) शरीरमा कपडा पुरै ढाक्ने गरि लगाउने
३) शरीर सुख्खा हुन नदिन मोइस्चराइजरको प्रयोग गर्ने ।
४) होली खेल्न जानु अघि घामबाट जोगिन क्रीमको प्रयोग गर्ने ।
५) आँखामा राम्रो गुणस्तरको सनग्लासको प्रयोग गर्ने
६) होली खेलिसकेपछि राम्रोसँग नुहाउने ।
७) कडा रङ्गलाई रगडेर ननिकाल्ने बरु बिस्तारै भिजाएर निकाल्ने।
८) नुहाई सकेपछि शरीरमा तेल वा क्रिम लगाउने
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij