Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

उपत्यकामा जेठभर निषेधाज्ञा थपियो, किराना र खाद्यान्नका पसललाई खुकुलो

उपत्यकामा जेठभर निषेधाज्ञा थपियो, किराना र खाद्यान्नका पसललाई खुकुलो

  • 134
    SHARES
  • उपत्यकामा जेठभर निषेधाज्ञा थपियो, किराना र खाद्यान्नका पसललाई खुकुलो

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने निर्णय गरेको छ । 

    काठमाडौ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार बसेको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञालाई जेठभरि लागु गर्ने निर्णय गरेका हुन् ।

    यसअघि जेठ ११ गते (मंगलबार) बसेको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले शुक्रबारदेखि एकसातासम्म थपेको निषाधाज्ञा आउँदो बिहीबार मध्यरातदेखि (२० गते) सकिँदै छ ।

    यस अवधिमा सरकारले किराना, खाद्यान्नका पसल र डिपार्टमेन्टल स्टोर पनि पूर्ण रुपमा बन्द गराएको थियो ।

    हिजो (मंगलबार) बसेको तीनै जिल्लाका अधिकारीहरुको संयुक्त बैठकले किराना, खाद्यान्नका पसल र डिपार्टमेन्टल स्टोर सञ्चालनलाई खुकुलो बनाउने निर्णय औपचारिक रुपमा आज (बुधबार) सार्वजनिक गरिएको हो ।

    सरकारले निषेधाज्ञाको अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएपछि काठमाडौंका कालिप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञाको निर्णय गरेका थिए ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology