Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

राशिफलमा हेर्नुहाेस, आजकाे दिन कुन - कुन राशिका लागि शुभ रहेकाे छ ?

राशिफलमा हेर्नुहाेस, आजकाे दिन कुन - कुन राशिका लागि शुभ रहेकाे छ ?

  • 278
    SHARES
  • राशिफलमा हेर्नुहाेस, आजकाे दिन कुन - कुन राशिका लागि शुभ रहेकाे छ ?

    काठमाडाैं । आज फागुन महिनाकाे २३ गते, हेर्नुहाेस आजकाे राशिफल ।

    images

    मेष 

    काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ ।

    वृष 

    आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ ।

    मिथुन

    आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ ।

    कर्कट

    स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका कामहरु सुचारु हुनेछन ।

    सिंह 

    श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाईमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ ।

    कन्या 

    सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार ब्यबसायमा फाइदा हुनेछ ।

    तुला 

    समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।

    वृश्चिक 

    साथीभाईको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन । व्यावसायिक काममा खर्च बढ्नेछ । हिम्मतले काम लिन सकिनेछ ।

    धनु 

    पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन ।

    मकर 

    काममा विभिन्न अवसर पाइनेछ । समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन ।

    कुम्भ

    रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ ।

    मीन 

    व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology