Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

डिजेलमा मट्टितेल मिसाएको प्रमाणित, थप परीक्षणका लागि भारत पठाईने

डिजेलमा मट्टितेल मिसाएको प्रमाणित, थप परीक्षणका लागि भारत पठाईने

  • 285
    SHARES
  • डिजेलमा मट्टितेल मिसाएको प्रमाणित, थप परीक्षणका लागि भारत पठाईने

    काठमाडौं । ८० हजार लिटर डिजलमा मट्टितेल मिसावट गरेको पुष्टी भएपछि थप परीक्षणका लागि भारत पठाईने भएको छ ।

    नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा मट्टितेल मिसावट भएको प्रमाणित भएको तर ती टयाङकरहरूमा कति मात्रामा मट्टितेल मिसावट भएको हो भन्ने निश्चित नभएपछि थप परीक्षणका लागि स्याम्पल भारत पठाउने लागिएको हो ।

    गत फागुन १३ गते भारतको सिलिगुडीबाट झापाको चारआली डिपोमा ल्याइएको ४ वटा ट्यांकरमा सो मिसावट पाईएको हो । जसअनुसार मे१ख २१४९,मे१ ख२१५१, ना७ख १५०७ र ना७ख ६९७४ नम्बरको ट्यांकरमा ल्याईएको कुल ८० हजार लिटर डिजलमा मटितेल मिसावट भएको प्रमाणित भएको हो ।

    त्यसबारेमा अध्ययन गर्न गठित छानबिन समितिले पनि झापाबाट काठमाडौंको केन्द्रिय ल्याबमा परीक्षणका लागि ल्याइएको डिजलको नमुना परिक्षण गर्दा मट्टितेल मिसावट गरिएको प्रमाणिकरण गरेर प्रतिवेदन पनि बुझाई सकेको छ ।

    समितिले सिफारिस गरे अनुसार मात्र निक्यौल गर्न नसक्दा नमुना संकलन गरेर भारत लैजान लागिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij