वेबटिभी खबर
फुङ्लिङ । पौडी खेल्ने क्रममा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेका १९ वर्षीय दिनेश चौहानको मृत्यु भएको छ । काबेली खोलामा मंगलबार पौडी खेल्ने क्रममा बेपत्ता उनको शव आज बिहान ७ः०० बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बेपत्ता युवकको शव फेला परेका बताए ।
मंगलबार पौडी खेल्ने क्रममा सिरिजंघा-२ आम्बेगुदिन र सिदिङ्वा-६ मेहेले जोड्ने काबेली खोलास्थित निर्माणाधीन पुलनजिकबाट दिनेश बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij