वेबटिभी खबर
दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी घाइते भएकी भारतको पिथौरागढ जिल्लाको धार्चुला सिमखोलाकी ६० वर्षीया कालीदेवी नेगीको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अन्य तीन जनालाई थप उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले बताए ।
मंगलबार बिहान मधेस प्रदेश ०३-००-०३४० नम्बरको जीप महाकाली नगरपालिका-४ बांगाबगर खानेपानी ट्यांकी नजिक लास्कु खोलामा खसेको थियो । उनीहरू डुङरी मन्दिरमा पूजापाठ गर्न आएको बुझिएको छ ।
जीप दुर्घटनामा महाकाली नगरपालिका-२ बुढिचौराका २४ वर्षीय जीप चालक मोहनसिंह लोथ्याल, भारतीय नागरिक ७ वर्षीया बिमलादेवी नेगी, ५५ वर्षीय मख्खनराम नेगी, ६ वर्षीया किरणकुमारी आग्री, ३८ वर्षीय शान्तिदेवी नेगी, वर्ष ४७ का दिवान आग्री, ७ वर्षीय जोतविरसिंह कुवँर, २७ वर्षीया अन्जुदेवी कुवँर र ५ वर्षीय गुरुजोत सरदार घाइते भएका छन् ।
मख्खनराम नेगी, किरण कुमारी आग्री र ७ वर्षीया बालिका विमलादेवी नेगीलाई थप उपचारको लागि भारतको पिथौरागढ रेफर गरिएको छ । अन्य घाइतेहरूको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । जीपमा चालकसहित १० जना सवार रहेकाे प्रहरीले जनाएकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij