वेबटिभी खबर
अलीगढ । भारतको उत्तर प्रदेश राज्यको अलीगढमा विषाक्त मदिरा सेवनबाट अहिलेसम्म ९५ जनाले ज्यान गुमाएका छन् । त्यहाँ गत बिहीबार मानिसहरूले विभिन्न पसलबाट मदिरा किनेर खाएका थिए । मदिरा सेवन गरेकाे केही समयपछि नै ती मानिसहरूकाे मृत्यु हुन थाल्याे । शुक्रबारसम्म २७ जनाकाे मृत्यु भइसकेकाे थियाे ।
अलिगढको मलखान सिंह जिल्ला अस्पताल र जेएन मेडिकल कलेजका डाक्टरहरूले मदिरा सेवन गरेको केही घण्टामा ८० जनाले आँखाको दृष्टि गुमाएको र तीमध्ये धेरैजसोको मृत्यु भएको बताएका छन् ।
डा बिपि सिंहका अनुसार मदिरा सेवन गरेकामध्ये १० १२ जनाले दृष्टि गुमाएका छन् तर मृत्यु हुनेका बारेमा स्पष्ट भइसकेको छैन । राजीव गान्धी सुपर स्पेसलिटी अस्पताल दिल्लीका निर्देशक डा. बीएल शेरवालले मिथाइल मदिरा सेवन गर्नु सबैभन्दा खतरनाक हुने बताउँछन् ।
हाल मदिरा सेवन गरेका करिब १२ जनाकाे उपचार जारी छ ।
मिथाइल अल्कोहलका कारण मानिसले दृष्टि हराउने, कलेजो, मष्तिस्कमा क्षति पुग्छ र मानिसको मृत्यु हुन्छ । प्रहरीले यस मुद्दामा विषाक्त मदिरा बेच्ने पसलेसहित अहिलेसम्म ३३ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । विषाक्त मदिरा बेच्ने पसललाई अनुमति दिने सरकारी अधिकारीहरू निलम्बनमा परेको पनि प्रहरीले जनाएको छ ।
भारतको उत्तर प्रदेशमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेकाे संख्या २२ पुग्याे
भारतमा विषाक्त मदिरा सेवन गर्दा ११ को मृत्यु
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij