Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

आजकाे राशिफल : हेर्नुहाेस कुन - कुन राशिका लागि आजकाे दिन राम्राे रहेकाे छ ?

आजकाे राशिफल : हेर्नुहाेस कुन - कुन राशिका लागि आजकाे दिन राम्राे रहेकाे छ ?

  • 235
    SHARES
  • आजकाे राशिफल : हेर्नुहाेस कुन - कुन राशिका लागि आजकाे दिन राम्राे रहेकाे छ ?

    काठमाडाैं । आज फागुन २४ गते बुधबार, हेर्नुहाेस आजकाे राशिफल ।

    images

    मेष 

    काममा केही चुनौती देखिए पनि मेहनत गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन । मन खुसि रहनेछ ।

    वृष 

    नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

    मिथुन 

    धेरैले बिश्वास गर्नेछन । सोचेको आटेको काममा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन भने रमाइलो यात्राको योग रहेको छ ।

    कर्कट 

    समय साथीभाईसंग रमाइलोमा बित्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

    सिंह 

    प्रतिष्ठित काम गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन । ढिलासुस्तीले काम रोकिनुका साथै मौका गुम्ने भयले सताउनेछ ।

    कन्या

    प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन ।

    तुला

    नसोचेको धन लाभ हुन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । स्वास्थ्यमा भने केहि समस्या देखिन सक्छ ।

    वृश्चिक 

    आम्दानी प्रशस्तै बढ्नेछ । परिवारसंग मनमुटाब हुने देखिन्छ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।

    धनु 

    सोचेको भन्दा आम्दानी धेरै हुँदा मन प्रसन्न रहनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला ।

    मकर 

    ब्यापार ब्यबसायबाट त्यति लाभ मिल्नेछैन । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

    कुम्भ 

    सम्पत्तिको लागि घर झगडा हुने देखिन्छ । साथीभाईको सहयोगले आत्मबल बढ्नेछ । आमाको साथले नयाँ कामको थालनी हुनेछ ।

    मीन 

    आफ्नै प्रयासले काममा लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पुरानो समस्याले सताउन सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology