Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

राष्ट्रपति चुनावबारे जे निर्णय गर्नुपर्ने हो त्यही गर्छौं : राप्रपा प्रवक्ता श्रेष्ठ

राष्ट्रपति चुनावबारे जे निर्णय गर्नुपर्ने हो त्यही गर्छौं : राप्रपा प्रवक्ता श्रेष्ठ

  • 397
    SHARES
  • राष्ट्रपति चुनावबारे जे निर्णय गर्नुपर्ने हो त्यही गर्छौं  : राप्रपा प्रवक्ता श्रेष्ठ

    काठमाडौं । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राष्ट्रपति चुनावबारे छलफल गरेर सहमतिमै निर्णय लिइने बताएका छन्। आज दिउँसो १ बजे धुम्बाराहीमा बस्ने कार्यसम्पादन समिति बैठकबाट वृहत छलफल गरेर आवश्यक निर्णयमा पुगिने श्रेष्ठले बताए।

    ‘हामी अनेक आरोह अवरोह पार गर्दै ३३ वर्षे इतिहास भएको पार्टीका सदस्य हौं, ३३ दिनमा नेता हुने रहर गर्नेहरूको कुरा सुनेर आफूलाई बदल्ने भुल नगरौं,’ श्रेष्ठले कार्यसम्पादन बैठकअघि भनेका छन्।

    पार्टीले कुनै पनि विषयमा निर्णय गर्दा कार्यकर्ता र शुभेच्छुकको भावना प्रतिविम्बित गर्ने गरेको उनले बताए।

    ‘तर यसो गरिए खबरदार, उसो गरिए बर्बाद हुन्छ भन्नेजस्तो अभिव्यक्ति जिम्मेवार निकायमा रहेका साथीहरूबाट यदाकदा आउने गरेको छ,’ उनले भने। बैठकमा भोलि हुने राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने उनले बताए।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij