वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर समवेदना दिएका छन् ।
माधव नेपालका भाइ सरोजकुमार उपाध्यायको शनिबार शंखमुलस्थित एक रेस्टुरेन्टको छैटौँ तलाबाट खसेर निधन भएको थियो ।
ओलीले उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका छन् । ओलीले माधव नेपाललाई बुधबार दिउँसो उनी बसेको किरिया भवनमा पुगेर भेटेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij