Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

अनुगमन: पाँच किलो बिग्रेको फलफूल जफत गरी नष्ट

अनुगमन: पाँच किलो बिग्रेको फलफूल जफत गरी नष्ट

  • 1.2K
    SHARES
  • अनुगमन: पाँच किलो बिग्रेको फलफूल जफत गरी नष्ट

    काठमाडाैं । भक्तपुर नगरपालिकाकाे अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा बुधबार फलफूल पसलमा अनुगमन गरिएकाे छ । फलफूलमा मनपरी मूल्य बढाएर महंगोमा बिक्री गरेकाले अनुगमन गरिएको गोराले बताए ।

    अनुगमनमा सबै व्यापारीलाई पसल सफा राख्न, पसल दर्ता र नवीकरण गर्न, तराजु नाप तौल विभागबाट नवीकरण गर्न, मूल्यसूची राख्न, महंगोमा बिक्री नगर्न, स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिइएको छ ।

    अनुगमनमा कमलविनायक एसराज फलफूल पसलमा १५, कमलविनायक तरकारी तथा फलफूल पसलमा २०, क्लासिक फुड्स सपमा १०, सुवास फलफूल पसलमा १५, हरिन्द्र फलफूल पसलमा १८, सन्तोष फ्रुट सेन्टरमा तीन र एसपी जुस सेन्टरमा पाँच किलो बिग्रेको फलफूल जफत गरी नष्ट गरिएको निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए । 

  • सम्बन्धित विषय:

  • # अनुगमन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij