Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अमेरिकाबाट आएको पार्सलमा गाँजा बरामद, ३ जना पक्राउ

अमेरिकाबाट आएको पार्सलमा गाँजा बरामद, ३ जना पक्राउ

  • 277
    SHARES
  • अमेरिकाबाट आएको पार्सलमा गाँजा बरामद, ३ जना पक्राउ

    काठमाडौं । अमेरिकाबाट आएको २ वटा पार्सलमा गाँजा भेटिएको छ । प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले ६ केजी ९ सय ग्राम गाँजासहित ३ जनालाई पक्राउ गरेको हो ।

    images

    फागुन २१ गते अमेरिकाको लस एन्जलसबाट पठाइएको चकलेट एन्ड चाइल्ड गेम आइटम उल्लेख भएको पार्सलमा ४ केजी ५ सय ग्राम गाँजा भेटिएको छ ।

    चकलेटको बट्टाभित्र उक्त गाँजा राखिएको भेटिएको थियो । प्रहरीले उक्त पार्सल लिएर भारत लैजान लागेको अवस्थामा भारतको गुजरातका ३० वर्षीय निमेश अशोभाई दयानी र सर्लाहीका २८ वर्षीय फैज आलमलाई पक्राउ गरेको हो ।

    दयानी बसेको ठमेलस्थित कोठाबाट एक लाख ४० हजार रूपैयाँ बरामद भएको छ । यस्तै सोही दिन नेपाल भित्रिएको अर्को एक पार्सलमा पनि २ केजी ४ सय ग्राम गाँजा भेटिएको छ ।

    होम डेकोर वाटर फाउन्टेन एन्ड चाइल्ड गेम आइटम लेखिएको उक्त पार्सल बुझ्न लागेका गोरखाका रूपक अर्याल पक्राउ परेका छन ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology