Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

ग्रीसमा रेल दुर्घटनाको विरोधमा प्रदर्शन

ग्रीसमा रेल दुर्घटनाको विरोधमा प्रदर्शन

  • 223
    SHARES
  • ग्रीसमा रेल दुर्घटनाको विरोधमा प्रदर्शन

    एथेन्स । देशको सबैभन्दा खराब रेल दुर्घटनाप्रति आक्रोश व्यक्त गर्दै ग्रीसमा बुधबार ५० हजारभन्दा बढी प्रदर्शनकारी सडकमा उत्रिएका छन् । साथै, मजदुरहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै सामूहिक हड्ताल गरेका छन् ।

    images

    गत फेब्रुअरी २८ मा एक मालबाहक रेल र अधिकांश विद्यार्थी सवार यात्रुबाहक रेल आपसमा ठोक्किँदा कम्तीमा ५७ जनाको मृत्यु भएको थियो भने घटनापछि आक्रोशित आफन्तजन र सर्वसाधारणले घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

    घटनामा घाइते अन्य १४ जना अस्पतालमा उपचाररत रहेका छन् । एथेन्सका प्रदर्शनकारीहरूले यो दुर्घटना होइन, यो अपराध हो’ र त्यो रेलमा हामीमध्ये कोही पनि हुन सक्छौं’ लेखिएको साइनबोर्डहरूसहित प्रदर्शनमा सहभागी बनेका छन् । 

    दुर्घटनाको विरोधमा देशभरका ५३ हजार भन्दा बढी प्रदर्शनकारी सडकमा उत्रिएको प्रहरीले जनाएको छ ।

    एथेन्समा करिब ३० हजार, ग्रीसको दोस्रो सहर थेसालोनिकीमा १५ हजार र पश्चिमी बन्दरगाह शहर पत्रासमा १० हजार प्रदर्शनकारी रहेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology