Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कर्णाली प्रदेशमा कोरोनामुक्त हुनेहरू उल्लेख्य 

कर्णाली प्रदेशमा कोरोनामुक्त हुनेहरू उल्लेख्य 

  • 554
    SHARES
  • कर्णाली प्रदेशमा कोरोनामुक्त हुनेहरू उल्लेख्य 

    काठमाडौं । कर्णालीमा विगत केही दिनदेखि निरन्तर निको हुनेको संख्या बढ्दै गएको छ ।

    images

    मंगलबार ४४९ जनाले कोरोना जितेकोमा आज एकैदिन थप ६१० जनाले कोरोना भाइरसलाई जितेका छन् ।  

    योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्यामा समेत कमी आएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । 

    बुधबार ३५९ जनामा गरिएको आरटी पीसिआर विधिबाट गरिएको परीक्षणबाट १५१ जना र ६५७ जनामा गरिएको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट १९० जनामा कोरोना भाइरस पुष्टि भएको छ । 

    बुधबार ४४० जना थप आइसोलेशनमा थपिएका छन् भने सक्रिय संक्रमितको संख्या ४ हजार ९२९ जना रहेका छन् ।

    यस्तै बुधबार थप तीन जनाको मृत्यु भएको छ । 

    हिमाली जिल्ला मुगुमा एक र सुर्खेतमा २ जना गरी ३ जनाको  कोरोनाबाट मृत्यु भएको छ । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology