Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

अत्यधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु 

अत्यधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु 

  • 261
    SHARES
  • अत्यधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु 

    बाजुरा । अत्यधिक रक्तस्रावका कारण बाजुरामा १७ वर्षीया सुत्केरीको मृत्यु भएको छ ।

    जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर २ बजेडीकी १७ वर्षीया सुत्केरी लक्ष्मी लुहारको थप उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

    दुई शिशु जन्माएकी लक्ष्मीको स्वास्थ्यमा समस्या देखिएपछि अछामको बयलपाटा अस्पतालमा लिँदै गर्दा बाटोमा मृत्यु भएको नगर स्वास्थ्य संयोजक दीपक बहादुर शाहले बताए ।

    शाहका अनुसार घरमै एक छोरी जन्माएकी लक्ष्मीको स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले बिहीबार दिउँसो बह्रमतोला स्वास्थ्य चौकी पुर्‍याएका थिए । उनले अस्पतालमा अर्की छोरीलाई जन्म दिइन् तर, उक्त शिशुको मृत्यु भयो । त्यो बेला सम्म उनी अचेत भइसकेकी थिइन् ।

    अत्यधिक रक्तस्राव पछि स्वास्थ्य केन्द्रले बयलपाटा अस्पताल रिफर गरेको थिए । उनलाई अस्पताल पुराउनु अघि बाटोमै मृत्यु भएको शाहले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij