Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

जर्मनीको एक चर्चमा गोली प्रहार, सातको मृत्यु

जर्मनीको एक चर्चमा गोली प्रहार, सातको मृत्यु

  • 234
    SHARES
  • जर्मनीको एक चर्चमा गोली प्रहार, सातको मृत्यु

    जर्मनी । जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको छ । सो घटनामा अरू कैयौँ घाइते भएका प्रहरीले जनाएको छ ।

    images

    बिहीबार राति जर्मनीको ह्याम्बर्गमा रहेको एक चर्चमा गोली चलेको थियो । यहाँको स्थानीय समयानुसार राति ९ बजे यहाँको सो चर्चमा अकस्मात गोली चलेको थियो ।

    यहाँका स्थानीय सञ्चारमाध्यमहरूले सुरूमा उक्त गोलीकाण्डमा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको जनाएका थिए ।

    तर पनि अर्का एक जनाको पनि मृत्यु भएको भन्दै यहाँको पत्रिका बिल्डले उक्त गोलीकाण्डमा सात जनाको ज्यान गएको जनाएको हो ।

    गोली हान्ने व्यक्तिको बारेमा पहिचान नभएको र प्रहरीले उसको खोजी गरिरहेको जनाएको छ ।

    उक्त चर्च रहेको क्षेत्रमा ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरेर हत्यामा संलग्न व्यक्तिको खोजी थालिएको पनि प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology