Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

प्रधानमन्त्रीलाई पूर्वशिक्षा मन्त्रीले भने– संघीय शिक्षा र निजामती ऐन तत्काल ल्याउनूस्

प्रधानमन्त्रीलाई पूर्वशिक्षा मन्त्रीले भने– संघीय शिक्षा र निजामती ऐन तत्काल ल्याउनूस्

  • 714
    SHARES
  • प्रधानमन्त्रीलाई पूर्वशिक्षा मन्त्रीले भने– संघीय शिक्षा र निजामती ऐन तत्काल ल्याउनूस्

    काठमाडौं । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर संघीय शिक्षा ऐन र संघीय निजामती ऐन ल्याउन अनुरोध गरेका छन् ।

    images

    नयाँ सरकार बनेर गति लिइसक्दासमेत महत्त्वपूर्ण ऐन कानुनहरू आउन ढिला भएको भन्दै आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।

    आइतबार बालविकास शिक्षक केन्द्रीय समितिको पाँचौं महाधिवेशनलाई सम्बोधन गर्दै पौडेलले भने,‘शिक्षक महासंघका साथीहरूलाई मैले जानकारी गराउन चाहन्छु, अस्तिमात्र मैले प्रधानमन्त्रीलाई भेटें । संघीय शिक्षा ऐन र निजामती ऐन सँगै ल्याउनूस्, यसले धेरै कुराको मान हुन्छ भनेर मैले भनेको छु ।’ 

    पूर्वशिक्षामन्त्री पौडेलले शिक्षकहरूले आफ्ना मागको विषयमा बलियो गरी आवाज उठाउनुपर्ने र अनि मात्र राज्यले सुन्ने बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology