Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

चलचित्र ‘प्रेमा’को ट्रेलर सार्वजनिक

चलचित्र ‘प्रेमा’को ट्रेलर सार्वजनिक

  • 370
    SHARES
  • चलचित्र ‘प्रेमा’को ट्रेलर सार्वजनिक

    काठमाडौं । आगामी चैत १७ गते रिलिज हुने चलचित्र ‘प्रेमा’को ट्रेलर सार्वजनिक भएको छ ।

    images

    निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा चलचित्रका प्रमुख तीन पात्र शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ ।

    चलचित्र बाघठाटा चलचित्र फ्याक्ट्रीको व्यानरमा बनेको हो । ट्रेलरको सुरुवातमा काठमाडौंमा शिवजीको मूर्ति देखाइएको छ ।

    दृश्यले काल्पनिक काठमाडौंको कथालाई चित्रण गर्न खोजेको जस्तो देखिन्छ ।

    ट्रेलरमा कारभित्र रहेका अरुण र सृष्टिको दृश्य देखाइएको छ । घाइते अवस्थामा रहेका अरुणले शुभेक्षाको तस्बिर हेरेपछि ट्रेलरमा कथाको पृष्ठभूमि प्रस्तुत गरिएको छ ।

    ट्रेलरमा प्रमुख तीन पात्रबीचको प्रेम र द्वन्द्वलाई प्रष्ट रुपमा देखाइएको छ ।

    ट्रेलरले प्रेममा हुने विश्वास र धोकालाई पनि प्रस्तुत गरेको छ । ट्रेलर हेर्दा दर्शकमा केही कौतुहलता पैदा गर्छ ।

    काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको चलचित्रमा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया९काजु०को अभिनय छ ।

    चलचित्र ‘प्रेमा’ विवेक घिमिरे र गोविन्द सिंह भण्डारीले निर्माण गरेका हुन् । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको चलचित्रमा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५।१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेलको डीओपी छ ।

  • सम्बन्धित विषय:

  • # प्रेमा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology