Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

जब सम्राटले आफू चोर भएको स्वीकारे (बोधकथा)

जब सम्राटले आफू चोर भएको स्वीकारे (बोधकथा)

  • 348
    SHARES
  • जब सम्राटले आफू चोर भएको स्वीकारे (बोधकथा)

    काठमाडाैं । एक जना सम्राटले एउटा चोरलाई फाँसीको सजाय सुनाए । त्यो राज्यको नियममा फाँसीको सजाय सुनाइएका व्यक्तिसँग अन्तिम इच्छा सोधेर पुरा गर्ने चलन थियो । 

    images

    फाँसीको सजाय सुनाएपछि परम्पराअनुसार राजाले चोरसँग ‘तिम्रो अन्तिम इच्छा केही छ ?’ भनेर सोधेछन् । चोरले सानो आखिरी इच्छा भएको बताउँदै त्यो पुरा भए तृप्त भएर मर्न पाउथें भनेछन् । 

    चोरले आफूसँग मोतीका केही दाना भएको उल्लेख गर्दै भनेछन्, ‘मेरो गुरुले यो मोती मर्नुअघि जमिनमा रोप्न भन्नु भएको थियो । जसले गर्दा मोतीको हरेक टुक्राबाट सयौं मोती फल्नेछन् । आफू नभए पनि दुनियाँमा बस्नेले त्यसबाट लाभ पाउँछन भनेर गुरुले भन्नु भएको छ ।’

    सम्राटले उनको आखिरी इच्छा पुरा गर्न फर्मान जारी गरेछन् । मोती फल्छ भनेपछि सम्राटमा लोभ पनि पलाएछ । त्यसैले राजमहलकै बगैंचामा मोती रोप्न ठाउँ उपलब्ध गराए । 

    फाँसीको सजाय पाएको चोरले बगैंचा खनजोत गरेर मोती रोप्ने ठाउँ ठिक्क पारे । मोती रोप्ने भएकाले त्यहाँ हेर्न सम्राट, उनका मन्त्री, भाइभारदार सबै जम्मा भएका थिए । 

    जब रोप्ने बेला भयो चोरले फेरि अर्काे अड्को थापे । ‘यो मोतीको दाना जो चोर हैन त्यसले मात्र रोप्नु पर्छ भनेर गुरुले भन्नु भएको छ । म त चोर नै प्रमाणित भएकाले मैले रोप्दा यो फल्दैन । त्यसैले जो चोर होइन त्यसले यो दाना रोप्नु पर्याे ।’

    यो सुनेर सम्राटले आफ्ना मन्त्रीतिर हेरे, मन्त्री पुरोहिततिर हेर्न लागे, पुरोहितले सुरक्षाकर्मीतिर हेरे, सुरक्षाकर्मीले सम्राटतिर हेर्न लागे । कोही पनि रोप्न नसक्ने अवस्था बुझेपछि सम्राटले भने, ‘क्षमा गर, यो मोतीको विउ रोप्न सकिँदैन । हामी सबै चोर हौं, तिमी सानो चोर भएकाले कानुनको पञ्जामा परेउ । यस्तो मान्छे खोज्न कठिन छ, जो चोर नहोस् । ’

    सम्राटले चोरको कुरा आफुले बुझेको उल्लेख गर्दै उसको सजाय रद्द गरिएको घोषणा गरे । (ओशोको प्रवचनबाट)

  • सम्बन्धित विषय:

  • # बोधकथा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology