Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

उपराष्ट्रपतिमा गठबन्धनमा आबद्ध तीन दलको दाबी, कसले मार्ला बाजी ?

उपराष्ट्रपतिमा गठबन्धनमा आबद्ध तीन दलको दाबी, कसले मार्ला बाजी ?

  • 351
    SHARES
  • उपराष्ट्रपतिमा गठबन्धनमा आबद्ध तीन दलको दाबी, कसले मार्ला बाजी ?

    काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने सत्तारूढ गठबन्धनको बैठक जारी छ ।

    बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको बैठकले गठबन्धनको तर्फवाट उम्मेदवार टुंगो लगाउनका लागि बैठक जारी रहेको हो ।

    निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजे भित्र उम्मेदवारको मनोनयनको लागि समयसिमा तोकेपछि गठबन्धनले बैठक बोलाएर उम्मेदवार टुंगो लगाउन लागेको हो  ।

    गठबन्धन आबद्ध दल मध्ये जनता समाजवादी पार्टी नेपाल(जसपा)ले रामसहाय यादव, नागरिक उन्मुक्ति पार्टी(नाउपा)ले रञ्जिता श्रेष्ठ, जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेका छन । दाबी गरिरहेका यी दल मध्ये उपराष्ट्रपतिको साझा उम्मेदवार कसले पाउँछ भन्ने गठबन्धनको बैठकले नै टुंगो लगाउने छ ।

    दाबी गरेका मध्ये जसपाले उम्मेदवार बनाउने भनेका रामसहाय यादव पुरूष भएका कारण निर्वाचन आयोग उम्मेदवारी दर्ता नगर्ने र नाउपाकी अध्यक्ष श्रेष्ठकाे उमेर नपुग भन्ने समाचार बाहिरिएका कारण उनीहरू उम्मेदवार बन्ने सम्भावना न्यून भएकाे छ । 

    निर्वाचन आयोगले पुरूषलाई उम्मेदवार बनाउन नसकिने भनेपछि गठबन्धन आबद्ध दलले नयाँ उम्मेदवार तय गर्ने कि साना दलले निर्णयलाई सदर गर्ने भन्ने बारेमा निर्णय लिनेछन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij