वेबटिभी खबर
काठमाडौं । सत्तागठबन्धनको जनता समाजवादी पार्टीबाट रामसहाय यादवले उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गरेका छन ।
शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले उम्मेदवारी दर्ता गरेका हुन ।
उनका प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी छन ।
जसपाबाटै उम्मेदवारी दर्ताका लागि प्रमिलादेवी यादव केहीबेरमा आउने बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij