Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

हिलेटक्सारमा पर्यटन प्रबर्द्धन गर्न महोत्सव हुँदै

हिलेटक्सारमा पर्यटन प्रबर्द्धन गर्न महोत्सव हुँदै

  • 425
    SHARES
  • हिलेटक्सारमा पर्यटन प्रबर्द्धन गर्न महोत्सव हुँदै

    लमजुङ । दोर्दी गाउँपालिका ९ हिलेटक्सारमा फागुन २९ गतेदेखि हिलेटक्सार पर्यटन महोत्सव हुने भएको छ । हिलेटक्सार ग्रामिण पर्यटन प्रवर्द्धन समितिको आयोजनामा फागुन ३० गतेसम्मा महोत्सव हुने भएको हो ।

    हिलेटक्सार ग्रामिण पर्यटन प्रवर्द्धन समितिको आयोजनामा हुन लागेको महोत्सवमा उधोग, पर्यटन वन तथा वातारण मन्त्रालय गण्डकी प्रदेशका मन्त्रस् रेशमबहादुर जुग्जालिको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न हुने बताइएको छ ।

    हिलेटक्सारको पर्यटनलाई प्रवर्द्धन गर्ने र स्थानीय कला, संस्कृति, साहित्य क्षेत्रलाई थप टेवा पुग्ने गरी कार्यक्रमको आयोजना गर्न लागिएको बताइएको छ ।

    कार्यक्रमबाट आन्तारिक तथा बाह्य पर्यटक प्रवर्द्धन तथा स्थानीयस्तरमा रोगजारीको सृजना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको वडा अध्यक्ष आशिष तामाङले जानकारी दिए ।

    महोत्सवबाट आन्तरिक तथा वाह्य पर्यटकको आकर्ष बढ्ने अपेक्षा रहेको उनले बताए । महोत्सवमा राष्टिय तथा स्थानीय कलाकारको सांगितिक तथा स्थानीय सांस्कृतिक कलाकृतिको प्रस्तुति, हस्तकला र कृषि प्रदर्शनि, स्थानीय पौराणिक नृत्य, ख्याति प्राप्त स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले बताएको छ ।

    यस्तै महोत्सवमा हिलेटक्सारभित्रका विभिन्न श्रष्टहरूलाई सम्मान गरिने कार्यक्रम पनि रहेको वडा अध्यक्ष तामाङले बताएका छन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij