Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

उपराष्ट्रपतिका उम्मेदवार यादवले माधव नेपालसँग मागे मत

उपराष्ट्रपतिका उम्मेदवार यादवले माधव नेपालसँग मागे मत

  • 306
    SHARES
  • उपराष्ट्रपतिका उम्मेदवार यादवले माधव नेपालसँग मागे मत

    काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार एवं जनता समाजवादी पार्टी नेपाल(जसपा)का  नेता रामसहायप्रसाद यादवले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई आज भेट गरी मत मागेका छन् ।

    उनले आज अध्यक्ष नेपालको निवास पुगेर नेपाल र उनको दलसँग उपराष्ट्रपति पदका लागि आफूलाई मत मागेका हुन् ।

    त्यस अवसरमा यादवको साथमा रहनुभएका सांसद प्रदीपकुमार यादवले भने, ‘रामसहायजीसहित हामीले एकीकृत समाजवादीका नेता माधव नेपाललाई भेटेर मत मागेका छौँ, अब प्रधानमन्त्रीजीसँग पनि मत माग्न जाँदैछौँ ।’

    उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै अन्य राजनीतिक दलका नेता तथा सांसदसँग भेटेर मत माग्ने कार्यक्रम रहेको बताए । आफू गठबन्धनको साझा उम्मेदवार भएकाले सत्ता गठबन्धनमा सहभागी सबै दलको आफूलाई सहयोग रहने उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij